धनुषा :आज राति ८ बजे नालामा एक जना मृत फेला

|

मंसिर २०, डेस्क । धनुषामा एकजना मृत फेला परेका छन् ।

धनुषाको सबैला नगरपालिका ९ सतोखरका अन्दाजी ४५ वर्षीय रामशंकर राय आज राति करिब ८ बजे मृत फेला परेका हुन् ।

स्थानीयहरुका अनुसार उनी सबैला नगरपालिका २ स्थित नालामा मृत भेटिएका हुन् ।
इलाका प्रहरी कार्यालय सबैलाको टीम घटनास्थल पुगेर मुचुल्का तयार गरि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

उनको मृत्युको कारण खुलेको छैन ।

घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित