खुकुरी प्रहार गरि एक जनाको हत्या

|

मंसिर १९,डेस्क । खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

इटहरी उपमहानगरपालिका-२ शान्तझोडास्थित राई टोल बस्ने ७० वर्षीया मधुमाया पुरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय सन्तोष राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै घर नजिक रहेको गाईगोठमा मल सोर्दै गरेको अवस्थामा राईले पछाडिबाट खुकुरीले प्रहार गर्दा गम्भीर घाइते भएकी पुरीको तरहरा सामुदायिक अस्पताल तरहरामा सामान्य उपचार पश्चात् थप उपचारको लागि धरान घोपामा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित