मंसिर १९,डेस्क। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरीको बर्दिबास पुगेका छन्।
बर्दिबास–४ माइस्थानमा हुन लागेको माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान अन्गर्ततको मधेस प्रदेश समीक्षा बैठकमा सहभागी हुन प्रचण्ड महोत्तरी पुगेका हुन्।
माओवादी केन्द्रका मधेस प्रदेश इञ्चार्ज लीलामणि पोखरेलका अनुसार अध्यक्ष प्रचण्डले बैठकमा सम्बोधन गर्नेछन्।
सो कार्यक्रम सकिएपछि प्रधानमन्त्री दाहाल आजै काठमाडौँ फर्कने उनको सचिवालयले जनाएको छ।





