एनसेल प्रकरणबारे सरकारलाई जानकारी छैन: अर्थमन्त्री महत

|

मंसिर १९,डेस्क। अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणबारे सरकारलाई आधिकारिक जानकारी नरहेको बताएका छन् । यसको समग्र स्थिति बुझ्ने क्रममा रहेको उनले बताए ।

‘यस विषयमा हामी अझै सूचना लिइरहेका छौं,’ चितवनको भरतपुर विमानस्थलमा मंगलबार बिहान पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री डा. महतले भने, ‘समग्रमा के स्थिति छ सबै बुझिसकेपछि मात्रै यसबारेमा अथेन्टिक रुपमा भन्न सकिन्छ ।’

उनले यसको नियमन गर्ने निकाय दूरसञ्चार प्राधिकरण रहेको भन्दै सरकारलाई आधारिक जानकारी नआइसकेको बताए । ‘अहिले जे प्रकाशित भएको छ, आधिकारिक रुपमा सरकारलाई जानकारी गराइसक्या अवस्था पनि छैन, हाम्रो तहमा आइसकेको अवस्था पनि छैन,’ उनले भने । यद्यपि कर छलीको विषयमा आफूले सरोकारवाला निकायसँग छलफल गरेको उनले बताए । उनले अहिले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताए ।

चर्चित समाचार


भर्खरै प्रकाशित