आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

|

मंसिर १८,डेस्क । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।

आइतबार राति प्रहरीले धुनिवेशी नगरपालिका-४ जीवनपुर बस्ने २७ वर्षीय रामचन्द्र बयलकोटीलाई पक्राउ गरेको हो।

उनीमाथि २० वर्षीया श्रीमती पवित्रा बयलकोटीको हत्या गरेको आरोप छ।

सोही नगरपालिकाको वडा नम्बर १ डुम्रेचौरस्थित सडकमा पवित्रालाई धारिलो हतियार प्रहार गरी रामचन्द्र भागेका थिए।

इलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी जीवनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित