हेटौंडा : ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

|

मंसिर १८, डेस्क । हेटौंडा उपमहानगरपालिका–१६ पानीस्वारामा  ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्र्याक्टर चालक बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर १३ का २६ वर्षीय डिलम थिङ र हेटौंडा १६ का ५६ वर्षीय जित बहादुर थिङ रहेका छन् ।

पानीस्वारा स्थित कच्चा सडकमा मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्र्याक्टर अनियन्त्रित भइ भिरबाट करिब ३०० मिटर तल खस्दा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित