मंसिर १८, डेस्क । कैलालीको धनगढी उपमहानगरपालिका ४ तारानगरस्थित एक घरमा चोरी भएको छ ।
तारानगरका करन बानियाको घरबाट ८ तोला सुनका गरगहना, ४ तोला चाँदीको सामान र ३ लाख नगद चोरी भएको हो ।
पुजाका लागि पहाड घर डोटी गएका बेला बानियको घरमा चोरी भएको प्रहरीले जनाएको छ ।
यस विषय बारेमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।





