रुकुम पश्चिम : भूकम्प पीडितलाई १५० थान न्यानो डसना हस्तान्तरण

|

मंसिर १७,डेस्क। भूकम्पबाट प्रभावित क्षेत्र रुकुम पश्चिमका मानिसको लागि निजि प्राविधिक शिक्षालय महासंघ नेपाल काठमाडौंले १५० थान न्यानो डसना हस्तान्तरण गरेको छ ।

महासंघ नेपालका महासचिव भुवन चक्र जोशी र सदस्य नवराज ऐरले न्यानो अभियानका संयोजक अनिल शर्मा र रुकुम पश्चिमी नेकपा माओवादी केन्द्र सम्पर्क समन्वयका अध्यक्ष तिलक परियारलाई १५० थान न्यानो डसना हस्तान्तरण गरेका हुन् ।

पीडितहरुलाई केही सहयोग पुगोस् भन्ने सहयोग स्वरुप न्यानो डसना उपलब्ध गराइएको निजि प्राविधिक सदस्य तथा वाइसीएल नेपाल केन्द्रीय सचिव तथा प्रवक्ता नवराज ऐरले जानकारी दिए ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित