मंसिर १७, डेस्क । धनुषाको सबैला गाउँपालिका-२ बस्ने २५ वर्षकी पूजा शाहको शंकास्पद मृत्यु भएको छ ।
स्थानीय गंगाराम साहकी श्रीमती पूजालाई घाँटीमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको थियो ।
तर बाटोमा नै मृत्यु भएको जानकारी आएको प्रहरीको भनाइ छ ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जा अवाका अनुसार महिलाको मृत्युबारे अनुसन्धान भइरहेको छ ।





