मंसिर १७, डेस्क । नवलपरासी पश्चिममा मोटरसाइकल र तेल ट्याङ्करमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ ।
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-११ जमुवाडमा लु.१२ प १०९४ नम्बरको मोटरसाइकल लु.१ ख ६६०३ नम्बरको तेल ट्याङ्करमा ठक्कर खाई शनिबार साँझ दुर्घटना भएको थियोे ।
दुर्घटना हुँदा मोटरसाइकल चालक म्याग्दी बस्ने ३१ वर्षीय याम प्रसाद विकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।





