मंसिर १७,डेस्क। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् ।
जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स युएई पुगेका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किने भएका छन् ।
आज साँझ ६ः३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।





