मंसिर १७,डेस्क। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रति तोलामा १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको जनाएको छ ।
महासंघले आज ८०० रुपैयाँले बढ्दै सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको हो ।
अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइ सम्म पुगेको थिएन ।
यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख २० हजार २०० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको कारोबार मूल्य प्रति तोलामा १५ सय ४५ रुपैयाँ कायम भएको छ ।





