जनकपुर : पीडारी चौक स्थित धडकन होटेलमा छापामारी, होटेल सँचालक पक्राउ

|

मंसिर १६,डेस्क। जनकपुरको पीडारीचौक स्थित सँचालनमा रहेको होटेल धडकनमा धनुषा प्रहरीले आज छापामारी गरेको छ।

होटेल धडकनमा वेश्यावृति चलिरहेकोले गोपिया सूचना आएपछि धनुषा प्रहरीले छापामारी गरेको हो।

होटेलको सँचालक जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ नयाँ वस्ती बस्ने दिलिप साह सहित सोही होटेलमा वेश्यावृतिमा सँलग्न तीन युवतिलाई समेत पक्राउ गरिएको हो ।

होटेलको सँचालक साहले होटेल सँचालन गरी माथिल्लो कोठामा वेश्यावृति गर्दै आएका थिए ।

उनले प्रतिव्यक्ति १५०० देखि २५०० सम्म लिने गरेको थियो ।

अहिले सँचालक साहलाई पक्राउ गरी हिरासतमा राखिएको छ, भने युवतिहरुलाई कसैको जिम्मा लगाएर रिहा गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित