सोमालिया : बाढीका कारण १०० जनाको मृत्यु, लाखौं मानिसहरु घरबारविहीन

|

मंसिर १६,डेस्क। सोमालियामा भारी वर्षाले आएको बाढीका कारण झण्डै १०० जनाको मृत्यु भएको छ।

बाढीबाट करिब ७ लाख ५० हजार मानिसहरु घरबारविहीन भएको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले शुक्रबार जनाएको छ।

मुसलधारे वर्षाले नदीमा पानीको बहाव बछेपछि दक्षिण पश्चिम, गाल्मुडुग, पुन्टल्याण्ड, हर्साबेले र जुबाल्याण्ड, साथै बानादिर क्षेत्रका अधिकांश मानिसहरूप प्रत्यक्ष प्रभावित भएका छन्।

संयुक्त राष्ट्रसंघ मानवीय एजेन्सीले जनाएअनुसार लाखौं सोमालीहरूले भोक र कुपोषण सँग लडिरहेका बेला प्राकृतिक विपत्तिले स्थिति झन् दर्दनाक बनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित