जाजरकोट : चिसोको कारणले एक बालिकाको मृत्यु

|

मंसिर १४,डेस्क। जाजरकोटमा चिसोको कारणले एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कुशे गाउँपालिका–१ स्याग्रीका सुनील बादीकी ३ वर्षीया छोरी रक्षाको चिसोले बुधबार मृत्यु भएको हो।

निमोनिया पछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाड स्थित मटेलामा निधन भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए।

भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित