राष्ट्रिय स्वतन्त्र पार्टीले ६ जना पदाधिकारी नियुक्त गरे

|

मंसिर १३,डेस्क। राष्ट्रिय स्वतन्त्र पार्टीले ६ जना पदाधिकारी नियुक्त गरेको छ ।

रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट एक जना उपाध्यक्ष, दुई जना सहमहामन्त्री र तीन जना सहप्रवक्ता गरी ६ जना पदाधिकारी थपिएको जानकारी दिएका हुन् ।

महामन्त्री ढकालका अनुसार उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, सहमहामन्त्रीमा विपिन आचार्य, सुमन श्रेष्ठ, सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईं मनोनीत भएका छन् ।

अब पदाधिकारीको संख्या सभापति सहित ११ पुगेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित