मंसिर १३,डेस्क। धनुषामा एक बालिका माथि दिनदहाडै बलात्कार गर्न खोज्ने एक युवक पक्राउ परेको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. २ चोराकोयलपुर बस्ने स्थानीय ईन्द्रनारायण यादवका २८ बर्षिय छोरा शशि यादवले बालिकालाई पसलमै कपडा च्यातेर बलात्कार गर्न खोज्दा पक्राउ परेका हुन् ।
आज बिहान करिब ८ बजेको समयमा चोराकोयलपुर स्थित रहेको स्थानीय समशेर मन्सुरको सिलाई पसलमा गएकी बालिका माथि बलात्कारको प्रयास गरेको हो ।
टेलर सँचालक मन्सुरका अनुसार, बालिकाको कपडा सिलाई गरिरहेको अवस्थामा यादव अचानक पसल भित्र छिरेर बालिकाको सबै कपडा च्यातिदियो र कपडा च्यातेर बलात्कारको प्रयास गर्दा स्थानीयहरुले रामधुलाई गर्दै प्रहरीलाई जिम्मा लगाएको हो ।
प्रहरीका अनुसार, युवकले पहिले आफैँ नाँगो भए, त्यसपछि बालिकाको सबै कपडा च्यातेर बलात्कारको प्रयास गर्दा उनीसँगै एक बालिकाले प्रतिकार गरेपछि हो हल्ला भएको थियो ।
बालिकाको परिवारतर्फबाट अभिभावकहरुले जाहेरी दिएको हो ।
अहिले यादवलाई पक्राउ गरेर ईलाका प्रहरी कार्यालय यदुकूहामा राखेर थप अनुसन्धान गरिरहेको छ।





