भूत मेला :धनुषा र सिराहाको सीमामा रहेको कमला नदीमा स्नान गर्ने श्रद्धालुहरुको धेरै भिडभाड

|

मंसिर ११,डेस्क। कात्तिक पूर्णिमाको अवसरमा धनुषा र सिराहाको सीमामा भएर बग्ने कमला नदीमा आज भूत मेल लागेको छ ।

प्रत्येक वर्ष लाग्ने यस भूत मेलामा बिहानै देखि कमला स्नान गर्ने श्रद्धालुहरुको धेरै भिडभाड लागेको छ ।

आइतबार साँझ घरबाट धामी झाँक्री सहित हिँडेका मानिसहरु विभिन्न कमलाको सारश्वर, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, उतरवाहिनी, इनर्वा लगायतका घाट पुगेका छन् ।

कमलामा कात्तिक शुक्ल पूर्णिमाको दिन भूत बैताल, देवी देवताहरुको गुहान गर्दा त्यसबाट छुटकारा पाउने बटेश्वर गाउँपालिकाका धामी मनोज महतोले बताए ।

सर्वसाधारणहरु पनि आजका दिन कमला स्नान गरे दु:ख कलेस पापबाट मुक्त हुने विश्वास रहेको छ । अहिले कमला नदीमा हजारौको संख्यमा श्रद्धालुहरुको भीडभाड लागेको छ ।

भूत मेला हेर्न भारतबाट समेत ट्याक्टर, बस, जीप जस्ता सवारीसाधनहरुमा श्रद्धालुहरु आउने गर्दछन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित