एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई चढेको गाडीमा तोडफोड

|

मंसिर १०,डेस्क। नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई चढेको गाडीमा तोडफोड भएको छ।

ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा फुङलिङ-४ तोक्मेडाँडा बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका थिए।

सोही क्रममा भट्टराई सवार गाडीमा ढुङ्गा र लाठीले हानेको एमालेको ताप्लेजुङका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए।

सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको भट्टराईको गाडी मात्रै फुटेको र मानवीय क्षति नभएको एमालेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका कार्यवाहक प्रमुख प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले शुभकामना कार्यक्रम राम्रोसँग सम्पन्न भएको र कार्यक्रम सकेर फर्किने क्रममा ५–६ जनाको समूहबाट एकजनाले ढुंगा प्रहार गरेको जानकारी दिए।

ढुंगा हान्ने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरिक्षक लुङ्गेलीले बताए।

चर्चित समाचार


भर्खरै प्रकाशित