हङकङको टोलो राजमार्गमा कार दुर्घटना हुँदा पाँच जना घाइते

|

मंसिर १०,डेस्क।आज हङकङको ताइपोमा सवारी दुर्घटना हुँदा शिशु सहित पाँच जना घाइते भएका छन्।

आइतबार दिउँसो करिब ३ बजे क्लासिकल गार्डेन नजिकै टोलो राजमार्गमा गुडरहेको कार डिभाइडरमा ठोकिँदा उक्त दुर्घटना भएको हो।

कार डिभाइडरमा ठोकिएपछि कार भित्र रहेकामध्ये विदेशी घरेलु कामदार र बच्चा बाहिर हुत्तिएका थिए।

अनुहार, हात र खुट्टामा चोट लागेको, र घरेलु कामदार बेहोस भएकी थिइन् भने शिशु होस्मै रहेको थियो।

उनीहरूलाई उपचारको लागि प्रिन्स अफ वेल्स अस्पतालमा पठाइएको थियो।

दुर्घटना बारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित