मंसिर १०,डेस्क। चालु आर्थिक वर्ष २०८० को पहिलो चौमासिक अवधिमा काठमाडौँ महानगरपालिकाले २७.११ प्रतिशत राजस्व संकलन गरेको छ।
वार्षिक १० अर्ब ८० करोड राजस्व संकलन गर्ने लक्ष्य मध्य ४ महिनामा २ अर्ब ९२ लाख राजस्व संकलन गरेको हो।
राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले चौमासिकमा २६.४९ प्रतिशत राजस्व उठेको बताए।
प्रशासनिक सेवा शुल्क लक्ष्यको सबैभन्दा धेरै प्रतिशत राजस्व संकलन भएको छ।
१ अर्ब ५० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ४१ करोड राजस्व संकलन भएको छ।
यस्तै २ अर्ब ६६ करोड लक्ष्य राखिएको घर बहाल करमा ८१ करोड ९२ लाख राजस्व संकलन भएको छ।
घरजग्गा रजिस्ट्रेसनमा १ अर्ब २० करोड लक्ष्य राखिएको दस्तुरमा १० करोड ९२ लाख ५५ हजार ९९१ रुपैयाँ राजस्व संकलन भएको छ।






