मंसिर ९,डेस्क। पिकनिकबाट फर्कँदै गरेको स्कुल बस दुर्घटनामा परेको छ।
उदयपुरगढी गाउँपालिका–७ अधेरी झर्ना नजिकै बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३७ जना घाइतेका छन् ।
त्रियुगा नगरपालिका ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलको प्र–०५–००१ ख ००४४ नम्बरको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
बस चालक त्रियुगा नगरपालिका ५ का ४० वर्षीय भिखन चौधरी, त्रियुगा–६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकाश चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको छ भने अन्य २५ जनाको गाइघाट स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको उदयपुर प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






