मंसिर ९,डेस्क। कर्णली प्रदेशका पाँच वटा जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ।
आज (शनिबार) बिहान ८ बजेदेखि कर्णालीका पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध भएको जनाएको छ।
सुर्खेत, जाजरकोट, दैलेख, कालीकोट र जुम्लामा विद्युत सेवा अवरुद्ध भएको हो।
नेपाल विद्युत प्राधिकरण सुर्खेतले बिहान आठ बजेदेखि साँझा ५ बजेसम्मा लागि विद्युत सेवा अवरुद्ध भएको जनाएको छ।
नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख अशोक लोहनीले कोहलपुरदेखि सुर्खेत खण्डमा पर्ने १३२ केभी र कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाईन मर्मत गर्नु पर्ने भएकाले विद्युत अवरुद्ध भएको जानकारी दिए।






