मंसिर ८, डेस्क। ‘खाजा समय’ भनेर कर्मचारीका लागि सहज अवधि छुट्याइए पनि एकैसाथ कर्मचारीले कुर्सी छोडेर हिँड्दा कर, यातायात, मालपोत, नापी, जिल्ला प्रशासन, इलाका प्रशासन, राहदानी विभाग,नगरपालिका,गाउपलिका र लगायत तहका कार्यालयमा सेवा लिन जाने सेवाग्राहीहरुले धेरै सास्ती भोगिरहेका छन् ।
नेपाल सरकारले खाजा खाने समय ३० मिनट दिएको छ, तब पनि कर्मचारीहरुले १ घण्टा समय लिने गर्छन ।
नेपाल सरकारको निम्नअनुसार २०८० सालबाट खाजा खाने समय ०१ :३० देखि ०२ :०० सम्म छ। तब पनि धेरैजसो कार्यालयमा खाजा खाने समय ०१ :०० देखि ०२ :०० सम्म हुन्छ।





