मंसिर ८,डेस्क। रौतहटमा निर्माणाधीन अवस्थामा रहेको पुलको तल एक युवकको शव फेला परेको छ ।
आज करिब १२ बजेको समयमा रौतहटको यमुनामाई गाउँपालिका ४ झाझ पुल स्थित बन्दै गरेको नयाँ पुलको पिलरको गोलोरिङ भित्र पानीमा अन्दाजी २०/२१ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
युवकको हालसम्म सनाखत हुनसकेको छैन।
युवकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल रौतहटको गौरमा राखिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






