जनकपुर न्यूरो होस्पिटलको लापरबाहीले एक बालकको मिर्त्यु

|

मंसिर ८,डेस्क। जनकपुर न्यूरो हस्पिटलले डिस्चार्ज गर्नेवित्तिकै गम्भीर बिरामी परेका एक बालकको मृत्यु भएको छ। मिर्तकको आमाले डाक्टरको लापरवाहीले मिर्त्यु भएको आरोप लगाएका छन् ।

बालक बिहान खेलिरहेका थिए । मोबाइल पनि चलाइरहेका थिए । बच्चाको आमाले भन्नुभयो मेरो बच्चा खेलिरहेको छ, हामी काठमाडौं नै बस्छु , काठमाडौं नै लिएर जान्छु । मेरो जग्गा जमिन छ बेचेर भए पनि मेरो बच्चाको इलाज गर्थे।

हस्पिटलले डिस्चार्ज गर्नेवित्तिकै गम्भीर बिरामी परेका धनुषाको धनुषाधाम नगरपालिका-६ मालटोल बस्ने ४.५ वर्षीय जेम्स कालिकोटेको बिहीबार विहान मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाहीले मिर्त्यु भएको भन्दै शव उठाउन मानेका छैनन् ।

मृतक बालकका आमा रेनुका कालिकोटेक़ी अनुसार बुधबार बिहान बालकले एक्कासी बान्ता गरेका थिए ।

बालकलाई बुधबार नै हस्पिटलमा भर्ना गरिएको थियो । निको भयो भनेर हस्पिटलले बिहीबार बिहान १० बजेतिर डिस्चार्ज गरेको थियो । निस्किने बेला अचानक बालकको अवस्था गम्भीर भएको थियो। र तुरन्तै सिपिआर दिए पनि बालक निको भएन र उनको मिर्त्यु भयो।

दिसा,पिसाब,रगत सबको रिपोर्ट नर्मल भए पनि मेरो बच्चाको मिर्त्यु किन भयो मिर्तक बालकको आमाले भन्यो।

चर्चित समाचार


भर्खरै प्रकाशित