भैरहवाको मायादेवी गाउँपालिका–३ मा एभरेष्ट बैंकको नयाँ एटीएम सञ्चालन

|

मंसिर ७,डेस्क। एभरेष्ट बैंकले भैरहवाको मायादेवी गाउँपालिका–३ मा नयाँ एटीएम सञ्चालनमा ल्याएको हो।

मायादेवी गाउँपालिका–३ मा रहेको जगदम्बा स्पिनिङ मिल्सको प्रांगणमा बैंकको नयाँ एटीएम उद्घाटन भएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले एटीएमको उद्घाटन गरेका हुन्।

यो सँगै एभरेष्ट बैंकको एटीएम संख्या १ सय ६३ पुगेको बैंकले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित