बल्खुमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच झडप, पानीको फोहरा, अश्रुग्यास प्रहार

|

मंसिर ७,डेस्क। काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियानका प्रदर्शनकारी बिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारी माथि अश्रुग्यास प्रहार गरेको छ ।

प्रसाईंलाई प्रदर्शन गर्नका लागि बल्खु तोकिए पनि उनीहरू कालिमाटीतर्फ लाग्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो । प्रहरीले रोकेपछि त्यहाँ झडप सुरु भएको थियो । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहरा समेत प्रहार गरेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित