धनकुटामा एउटै परिवारका ३ जनाको शव फेला, हत्या भएको आशंका,डीएसपी महर्जनले भने

|

मंसिर ७,डेस्क। धनकुटामा एउटै परवारका तीन जनाको शव फेला परेको छ। धनकुटा नगरपालिका–१ निगालेको एउटा घर भित्र बिहीबार बिहान तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

३५ वर्षीय टीकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा गुरुङ र छोरा १० वर्षीय आयुष गुरुङको शव घर भित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजुबाबु महर्जनले जानकारी दिए।

टीकारामको शव झुण्डिएको अवस्थामा र आमा छोराको शव ओछ्यानमै फेला परेको महर्जनले जानकारी दिए।

‘घटनास्थलको प्रकृति हेर्दा आमा छोराको हत्या भएपछि घरमुली टीकारामले आत्महत्या गरे जस्तो देखिन्छ,’ डीएसपी महर्जनले भने, ‘हामी अहिले घटनास्थलमै छौँ। घटनाको विषयबारेमा थप बुझ्ने काम भइरहेको छ।’

चर्चित समाचार


भर्खरै प्रकाशित