चोभार सुख्खा बन्दरगाह ५ वर्षका लागि ठेक्का लाग्यो, २ करोड ८८ लाखमा

|

मंसिर ६,डेस्क। काठमाडौंको चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी एउटा निजी कम्पनीलाई दिइएको छ ।

बन्दरगाहको व्यवस्थापन गरिरहेको इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धाबाट नेपाल फ्रेट सर्भिस जेभीलाई बन्दरगाह सञ्चालनको अनुमति दिएको हो ।

उक्त कम्पनीले सरकारलाई ५ वर्षमा २ करोड ८८ लाख रुपैयाँ भाडा स्वरुप बुझाउने छ । यो परियोजना विश्व बैंकको १ अर्ब ६७ करोड ऋणमा बनेको हो ।

विकास समितिले आह्वान गरेको ग्लोबल टेण्डरबाट बन्दरगाह सञ्चालनका लागि २ वटा कम्पनीले आवेदन दिएकामा नेपाल फ्रेट सर्भिस जेभीले उच्च मूल्य बोलकबोल गरेको थियो ।

‘पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्यूनतम पट्टा पट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी चोभार सुक्खा बन्दरगाह सञ्चालक कम्पनीको रुपमा छनोट भएको छ,’ विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा ५ वर्षका लागि हुने सञ्चालन समझदारी भने केही दिनमा हुने समितिले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित