जाजरकोटको भूकम्प पीडितहरुलाई चिनियाँ रेडक्रसले एक करोड ३२ लाख सहयोग

|

मंसिर २, डेस्क । जाजरकोट भूकम्प पीडितहरुको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले नेपाली रु. एक करोड ३२ लाख मानवीय सहायता स्वरुप प्रदान गरेको छ।

नेपालका लागि चीनका राजदूत छन सोङ शनिबार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई उक्त नगद हस्तान्तरण गरेका हुन्।

चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्पपीडितका लागि आवश्यक पर्ने राहत सामग्री खरिदमा पारदर्शी ढङ्गले उपयोग गरिने कार्यवाहक अध्यक्ष ऐरले बताए।

चर्चित समाचार


भर्खरै प्रकाशित