चिसोले थप एक जना भूकम्प पीडितको मृत्यु

|

मंसिर २, डेस्क । जाजरकोटको छेडागाड नगरपालिका-१३ मा चिसोका कारण एक महिलाको ज्यान गएको छ। पालमुनि बस्दै आएकी ६३ वर्षीया मनसरी कामीको आज बिहान मृत्यु भएको नगरप्रमुख रत्नबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार मनसरा दमकी रोगी थिइन्। योसँगै चिसोले ५ जना भूकम्पपीडितको ज्यान गएको छ । चिसो बढेसँगै पालिकामा भूकम्पपीडितहरू विरामी पर्न थालेको नगरप्रमुख खड्काले बताए।

यस पालिकामा अहिले ३ हजार ५ सय परिवार बाहिर बसिरहेकामा १ हजार १ सय परिवारलाई मात्रै त्रिपाल दिन सकिएको नगरप्रमुख खड्काले जानकारी दिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित