धनगढीमा ठुलो आगलागी, अस्पताल सहित ६ ओटा भन्दा बढी पसलहरुमा क्षति

|

मंसिर २,डेस्क । धनगढीमा ठुलो आगलगी भएको छ । गए राति १ बजे धनगढी उपमहानगरपालिका १ सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो ।

आगलागी हुदा अस्पतालसहित आधा दर्जन पसलहरुमा क्षति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार सुरुमा अस्पताल नजिक दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक बिद्युत् तार सर्ट भई आगलागी भएको थियो। त्यहाँबाट सल्केको आगोले अन्य पसलमा क्षति भएको हो ।

राति नै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमान्डमा ४० जना प्रहरी, तेघरी ब्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको कमान्डमा २६ जना नेपाली सेना, सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वार्टर कैलाली नैनादेवीबाट सहायक प्रहरी नायव उपरीक्षक खेमराज ठकुल्लाको कमान्डमा ३० जनाको टोली, स्थानीय, धनगढी उपमहानगरको २ वटा, गोदावरी नगरपालिकाको १ वटा, पुनर्वास नगरपालिकाको १ वटा गरी ४ वटा दमकल सहितको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित