मंसिर १, डेस्क। कैलालीको धनगढी स्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका एकजना सहायक निरीक्षक (असई) पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका-३ घर भएका असई रमेश भण्डारीलाई स्वस्तिक अस्पतालको ल्यापटप चोरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।
दार्चुलामा कार्यरत भण्डारीले तालिमको लागि आएका बेला अस्पतालको ल्यापटप चोरेको आरोप छ।
प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार, पक्राउ परेका रमेश भण्डारी विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ।





