काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना घाइते

|

मंसिर १ , डेस्क। काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना भएको छ। दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरु मध्ये दुई जनाको अवस्था गम्भीर छ, भने ५ जनाको अवस्था मध्यम रहेको छ ।

बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३÷४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।

घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ ।

बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित