कार्तिक ३०, डेस्क। युरोपेली सङ्घ (इयू)ले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरुका लागि २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ।
इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो।
आवास, शुद्ध पेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको काठमाडौँ स्थित यु्रोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ।






