कार्तिक ३०, डेस्क। अष्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरुका लागि ६ लाख अष्ट्रेलियाली डलर अर्थात् करिब पाँच करोड नौ लाख बराबरको मानवीय सहायता घोषणा गरेको छ ।
यहाँ स्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपाल स्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रम मार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ ।
उक्त सहयोग मार्फत मानव विकास तथा सामुदायिक सेवा (एचडिसीएस) संस्थाले भूकम्प प्रभावित स्वास्थ्य संस्थालगायत सार्वजनिक संरचनाको पुनर्निमाणमा सहयोग गर्नेछ ।





