बाबरआजमको राजीनामा पछि अफ्रिदी टी–२० को कप्तान, मसुद टेस्टको कप्तानमा नियुक्त

|

कार्तिक ३०,डेस्क। बाबर आजमको राजीनामासँगै शाहीन शाह अफ्रिदीलाई टी–२० टोलीको नयाँ कप्तान चयन गरिएको छ। भने शान मसुदले टेस्ट टोलीको नेतृत्व गर्ने भएका छन् । एकदिवसीय टोलीका लागि कप्तान भने चयन गरिएको छैन ।

राजीनामापछि पाकिस्तान क्रिकेट बोर्डले एक विज्ञप्ति जारी गर्दै बाबरलाई टेस्ट टोलीको कप्तानका रूपमा निरन्तरता दिन विकल्प दिइएको तर बाबरले त्यसलाई अस्वीकार गरेको जानकारी दिएको छ । परिवारसँगको छलफलपछि बाबरले सो निर्णय लिएको र पीसीबी उनको निर्णयको साथमा रहेको उल्लेख छ । ‘पीसीबी उनको निर्णयको सम्मान गर्दछ र खेलाडीका रूपमा उनलाई समर्थन जारी राख्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

मसुदले अस्ट्रेलिया विरुद्धको शृङ्खलाबाट आफ्नो टेस्ट कप्तानीको सुरुवात गर्नेछन् । पाकिस्तान सन् १९९९ देखि अस्ट्रेलियामा लगातार १४ वटा टेस्टमा पराजित भएको छ । जसमा पाँचवटा शृङ्खला ह्वाइटवास रहेका छन् ।

उता २३ वर्षीय अफ्रिदीले अस्ट्रेलिया विरुद्धको टेस्ट शृङ्खलापछि न्युजिल्याण्डविरुद्ध ५ खेलको टी–२० शृङ्खलामा पहिलो पटक टोलीको नेतृत्व गर्नेछन् ।
यो सँगै पीसीबीले मोहम्मद हफिजलाई टोलीको निर्देशक पनि चयन गरेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित