कार्तिक २९, डेस्क। भलिबल खेलाडी सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।
स्याङजा चापाकोट २ धुर्कोटमा भलिबल खेलेर फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा मित्यु भएको हो ।
उनी एपिएफ क्लबबाट भलिबल खेल्दै आएका थिए ।
२२ वर्षका उनको चापाको ८ दुर्दाङमा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।






