ललितपुरमाको गोदावरी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

|

कात्तिक २९, डेस्क। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १० तखेलमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

गएराति तखेल चोकमा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीको मरिण गाउँपालिकाका २५ वर्षीय विजय माझी र २४ वर्षीय राम माझीको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका दुवैजनालाई पाटन अस्पताल लगिएको थियो।

अस्पतालमा लागेपछि डाक्टरहरुले मृत घोषणा गरेको ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित