पोखरा महानगरले बिक्री नभएका फूल र मालालाई २० रुपैयाँको दरले प्रोत्साहनरुवरुप दिने

|

कार्तिक २८, डेस्क। यही कात्तिक २५ देखि २८ गतेसम्म श्री कम्प्लेक्स परिसरमा सञ्चालित फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरुप पोखरा महानगरपालिकाले २० रुपैयाँको दरले प्रदान गरिने भएको छ।

प्रदर्शनीमा मागभन्दा बढी आपूर्तिका साथै बाह्रय क्षेत्रबाट पनि फूल आएको र विगतको तुलनामा माग कम हुँदा अपेक्षितरूपमा फूलमाला बिक्री नभएका कारण किसानलाई प्रोत्साहनस्वरुप पोखरा महानगरपालिकाका तर्फबाट प्रतिमाला २० रुपैयाँका दरले प्रदान गर्ने निर्णय गरिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।

‘किसानलाई प्रदर्शनीमा ल्याइसकेको फूलमाला नबिकेका कारण प्रोत्साहनस्वरुप प्रतिमाला २० का दरले एक लाख ३० हजार उपलब्ध गराउने निर्णय भएको हो,’ उनले भने।

चर्चित समाचार


भर्खरै प्रकाशित