कार्तिक २८, डेस्क। गत भदौ महिनासम्म धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा विद्युत ट्रान्सफर्मर चोरीको घटना निकै बढेको थियो।
त्यसपछि प्रहरी र प्राधिकरणका कर्मचारीले यस्तो जुक्ति लगाए कि तीन महिना देखि टान्सफर्मर चोरी भएको छैन ।
प्रहरी र प्राधिकरणका कर्मचारीहरुले मिलेर चोरीको जोखिममा रहेका विद्युत टान्सफर्मरहरुलाई वेल्डिङ गरेर निकाल्न नमिल्ने बनाएका छन् ।
वेल्डिंग गरेदेखि टान्सफर्मरहरु पूर्ण रुपमा चोरी हुनबाट बन्द भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले बताए ।
प्रहरी निरीक्षक कार्कीका अनुसार टान्सफर्मरलाई जडान भएको ठाउँमा र नटमा वेल्डिङ गरेपछि चोरी नियन्त्रण भएको हो ।
उनका अनुसार क्षिरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा झण्डै ३७ वटा टान्सफर्मरलाई वेल्डिङ गरिएको छ ।





