जनकपुर जयनगर रेलमा किचिएर मृत्यु हुने व्यक्तिको पहिचान खुल्यो

|

कात्तिक २८, डेस्क। जनकपुर जयनगर रेलमा किचिएर आज बिहान मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा भारत बिहार राज्यको मधुवनी जिल्लाको जयनगर बेल्ही बस्ने वर्ष ६० का विन्देश्वर दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार आज बिहाज जयनगर तर्फ जाँदै गरेको रेलले धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशन नजिक लिकमा किच्दा दासको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकको शव पोस्टमार्टमगर्नका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेको छ।

घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित