कतारबाट नेपाल आएका व्यक्ति पशुपति धर्मशालाको कोठामा मृत फेला

|

कात्तिक २५, डेस्क। काठमाडौंको गौशाला स्थित पशुपति धर्मशालाको कोठामा एक व्यक्ति मृत फेला परेका छन्।

सर्लाहीको कविलासी नगरपालिका–४ घर भएका ३४ वर्षीय पोनेलाल राय शनिबार पशुपति धर्मशालाको कोठामा मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीको अनुसार उनी कतारबाट केही समय अघि नेपाल फर्किएका थिए। नेपाल फर्किए पछि पोनेलाल राय पशुपति धर्मशालामा कोठा लिएर बसेको खुलेको छ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित