रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बत्ती जडान

|

कार्तिक २५, डेस्क। नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्पपीडितका त्रिपाल र टहरामा निःशुल्क बत्ती जडान गरेको छ।

भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा निःशुल्क बत्ती जडान गरिएको हो। भूकम्पपीडित बसिरहेका सबै त्रिपालमा ११५ ठाउँमा बत्ती जडान गरिएको विद्युत् प्राधिकरण रुकुम पश्चिमका प्रमुख शिवजी साहले जानकारी दिए।

आवश्यकतानुसार थप ठाउँमा पनि बत्ती जडान हुने उनले बताए। आठबीसकोटका वडा नं ११, १२, १३ र १४ तथा सानीभेरी गाउँपालिकाका वडा नं १ र ४ मा निःशुल्क बत्ती जडान गरिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित