तिहारको भाइटिकाको दिनमा प्रहरीले उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन गर्ने

|

कार्तिक २४, डेस्क। तिहारको भाइटिकाको दिनमा प्रहरीले उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

दुईवटा सिफ्टमा चारवटा बस भाइटिकाको दिनमा सञ्चालन गरिने जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए।

बिहान साढे ८ बजेबाट पहिलो सिफट र ४ बजेबाट दोस्रो सिफ्ट प्रहरी प्रधान कार्यालय सवारी महाशाखाबाट बस सञ्चालन हुनेगरी रुट निर्धारण गरिएको छ ।

बा.१ ग २५९१ र बा.१ ग २६०८ नम्बरको बसले पहिलो सिफ्टमा सेवा दिनेछन् । ती बसहरु नक्सालबाट निस्केर बालाजु, सातदोबाटो र सुर्यबिनायक सम्म पुगेर नक्साल फर्किनेछन् ।

मध्यान्ह ४ बजेपछि सोही बसहरुले नक्साल हुँदै कलंकी र भक्तपुरको सुर्यबिनायकसम्म पुगेर सेवा दिनेछन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित