बागमती प्रदेश सरकारले २७ वटा सामुदायिक विद्यालयलाई बस खरिदमा प्रति विद्यालय २५ लाख रुपियाँ अनुदान दिने

|

कात्तिक २२, डेस्क। प्रदेश भित्रका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुलाई बागमती प्रदेश सरकारले बस खरिदमा अनुदान दिने भएको छ ।

प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०–८१ को सामुदायिक विद्यालयलाई बस खरिदमा अनुदान कार्यक्रम अन्तर्गत प्रदेशको शिक्षा विकास निर्देशनालय र विद्यालय व्यवस्थापन समिति बीच बुधबार हेटौँडामा आयोजित कार्यक्रममा विद्यालय बस खरिदमा अनुदानका लागि सम्झौता भएको हो ।

निर्देशनालयका निर्देशक दीपेन्द्र सुवेदीले विद्यालय बस खरिद गर्न मन्त्रालयले २७ वटा विद्यालयलाई प्रति विद्यालय २५ लाख रुपियाँ अनुदान दिने बताउँदै चालु आर्थिक वर्षभित्रमा बस खरिद गरिसक्नुपर्ने बताउनुभयो ।

अनुदानमा आयात गरिने बसमा भन्सार लगायतका करहरु विद्यालयले छुट पाउने व्यवस्था रहेको छ । निर्देशनालय सँग बस खरिद सम्झौतासँगै अनुदानको ६० प्रतिशत पहिलो चरणमा र बाँकी ४० प्रतिशत बस आयातको पत्र प्राप्त भएपछि दिइने छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित