कार्तिक २१,डेस्क। बोडर/गस्तीमा खटीरहेको धनुषा प्रहरीले रु. ३,९७,८००।– रुपैया बरावरको अबैध भन्सार चोरी निकासीका सामान बरामद गरेको छ।
यहिँ मिति २०८०।०७।२० गते यस धनुषा कार्यालय तथा मातहत समेतबाट गस्तीमा खटिरहेको धनुषा प्रहरीको टोलिले बिभिन्न किसिमका लत्ता कपडा गरी अं. मुल्य रु. ३,९७,८००।– रुपैया बरावरका लत्ता कपडा बरामद गरी धनुषा कार्यालयमा ल्याई आज मिति २०८०।०७।२१ गते आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरधाममा पठाईएको हो ।





