कैलालीमा अदालतबाटै विभिन्न फाँटबाट मुद्दाका मिसिल, पाँच थान मोबाइल, कटुवा पेस्तोल र चार वटा गोली समेत चोरी

|

कार्तिक २१, डेस्क। कैलालीमा अदालतबाटै आइतबार राति १० बजेर २३ मिनेटमा चोरी भएको छ। प्रहरी सुरक्षाको घेरा भित्रै चोरी भएपछि घटनाले पनि चर्चा पाएको हो।

अदालतको दक्षिणतर्फको झ्यालबाट चोरले प्रवेश गरेको अदालतको सिसिटिभी फुटेजमा देखिएको स्रेस्तेदार मानबहादुर विष्टले जानकारी दिए।

चोरी गर्ने अज्ञात एक जनाले करिब एक घण्टा कार्यालयभित्र बिताएको भिडिओमा देखिएको स्रेस्तेदार विष्टले बताए।

कार्यालय भित्रका विभिन्न फाँटबाट मुद्दाका मिसिल, पाँच थान मोबाइल, एक थान कटुवा पेस्तोल र चार वटा गोली समेत चोरी भएको स्रेस्तेदार विष्टले बताए।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटनाका विषयमा जानकारी प्राप्त भएकोले चोरी गर्नेको खोजी भइरहेको छ। चोरी भएका मोबाइलहरू भने फेला परे पनि अन्य वस्तु र चोरको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कुलदिप चन्दले जानकारी दिए।

चर्चित समाचार


भर्खरै प्रकाशित