कार्तिक २१, डेस्क। एक महिलाले भने पोल्याण्ड पठाइ दिन्छु भन्दै ३८ लाख रूपैयाँ ठगेको आरोपमा पक्राउ परेकी छन्।
सुनितालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार काठमाडौं महानगरपालिका-२४ बाट पक्राउ गरेको हो।
भक्तपुर नगरपालिका-१० घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-६ बस्ने ३९ वर्षीया सुनिता कर्माचार्य पक्राउ परेकी हुन्।
रोजगारीका लागि पोल्याण्ड पठाइदिने भन्दै पैसा लिइसके पछि फरार भएकोले उनीविरूद्ध मदन राजमोक्तान सहित १७ जनाले उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेको थियो। त्यसैले पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।





